गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक
पाेखरा | साउन १७, २०७९
पोखरा । गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।
ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे । ‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्र भन्दा केही फरक बनाएका छौं । पुरानो धार भन्दा फरक पाउनुहुनेछ ।’, उनले भने
उनले चलचित्रको छायाँकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चे डाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाखको लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नविन गुरुङ, ओम गुरुङ रहेका छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ । सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् । चलचित्रमा मिना गुरुङ, शान्ती गुरुङ(युके),रोशन घले गुरुङ(एच के), खेम गुरुङ(एच के),गंगा देवि गुरुङ(पोखरा), कौशिला गुरुङ(जापान) को संयुक्त लगानी रहेको छ ।
चलचित्रका नायक नबिन गुरुङले आफु एक चित्रकारको भूमिकामा देखिएको बताए । उनी‘एउटा चित्र’ बाट आशावादी देखिन्छन् । चलचित्रको कथा फरक भएकाले आफु अनुबन्धित भएको भनाई उनको छ ।
नायिका उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले बताइन् ।
नायक ओम गुरुङ भने एक प्रसिद्ध व्यवसायिका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा अभिनय गरेकी छिन् ।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’ मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने भनाई उनको छ ।
चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीप जंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाईलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चङ्गा प्रोडक्सन’ ले गरेको हो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

